काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि परिमर्जन यादवले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ५९ रन जोडे । शिवान्स बजगाईंले २३ रन जोडे ।
यसअघि घरेलु टोलीले ४३.१ ओभरमा अलआउट हुँदै ९० रन जोडेको थियो ।
मलेसियाका लागि मोहम्मद फतुलले सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तो ३२ बलमा १० रन बनाएर आउट भए । मलेसियाका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
मलेसियालाई अलआउट गर्न नेपालका लागि अभय यादव एक्लैले चार विकेट लिए भने शुभम खनालले ३ विकेट लिए ।
गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई नै २२१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
Facebook Comment
Comment