अमेरिकाले भियतनामसँग गर्‍यो व्यापार सम्झौता

नेपालभ्युज

अमेरिकाले भियतनामसँग गर्‍यो व्यापार सम्झौता
तस्वीर - सीपफोडब्ल्यूडी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् ।

यस सम्झौताअन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउनेछ । ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, “यो सम्झौताअनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन ।”

यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो । यो जुलाईको दोस्रो हप्तामा लागू हुने भनिएको थियो ।

युरोपेली संघ र जापानलगायत दर्जनौं देशहरू हाल अमेरिकी भन्सार लागू हुनुभन्दा पहिले अमेरिकासँग व्यापार सम्झौता गर्न प्रयासरत छन् ।

ट्यारिफ भनेको आयातमा लगाइएको शुल्क हो, जुन अर्को देशबाट सामान आयात गर्ने कम्पनीले तिर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved