एसीसी यू-१६ क्रिकेट : फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य

नेपालभ्युज

एसीसी यू-१६ क्रिकेट : फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य
तस्वीर स्रोत - क्यान

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनलमा मलेसियाले नेपाललाई ९१ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियाको सेलांगर टर्फ क्लबमा जारी खेलमा घरेलु टोलीले ४३.१ ओभरमा अलआउट हुँदै ९० रन जोडेको हो ।

मलेसियाका लागि मोहम्मद फतुलले सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तो ३२ बलमा १० रन बनाएर आउट भए । मलेसियाका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

मलेसियालाई अलआउट गर्न नेपालका लागि अभय यादव एक्लैले चार विकेट लिए भने शुभम खनालले ३ विकेट लिए ।

गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई नै २२१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको थियो। यसपटक पनि नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved