काठमाडौं । यामाहा नेपालले यामाहा ग्लोबलको ७०औं वार्षिकोत्सव मनाएको छ ।
हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने “Yamaha Day” को अवसरमा यस वर्ष विशेष महत्वको “Bridging Old and New, Through Kando Actions” भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको हो ।
नेपालमा पनि यामाहाले विभिन्न कार्यक्रममार्फत यो अवसरलाई अर्थपूर्ण बनाएको छ । एमएडब्लू फाउन्डेसनको नेतृत्वमा यामाहा ब्लु स्क्वायर नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रम, दिगोपनको प्रतिबद्धता अनुरुप फ्याक्ट्री परिसर (एमएडब्लू अटो) मा गरिएको वृक्षारोपण अभियान र काठमाडौंको नि:सहाय सेवा सदन, शान्तिनगर वृद्धाश्रममा गरिएको अर्थपूर्ण सामुदायिक सेवा सम्बन्धि गतिविधिसँगै समापन गरिएको मौलिक यामाहा ब्लुस्ट्रिक्स राइडआउट जस्ता कार्यक्रमहरूले ब्रान्डको ‘समाजलाई योगदान गर्ने’ दर्शनलाई जीवन्त बनाएको कम्पनीले जनाएको छ ।
त्यस्तै, देशभरका यामाहा शोरूमहरूमा केक काट्ने कार्यक्रमहरू आयोजना गरिएको थियो, जसले ग्राहक, साझेदार र कर्मचारीहरूलाई एकै ठाउँमा जोड्ने काम गरेको कम्पनीको दाबी छ । साथै, टेकस्पाएर कलेजमा स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी सडक सुरक्षा तालिम पनि प्रदान गरिएको थियो ।
यस विशेष अवसरमा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, “आज हाम्रो लागि साँच्चै गौरवको दिन हो । ७० वर्षको यो यात्रामा विगत ४० वर्षदेखि हामी यामाहासँगको साझेदारीमा छौं, जुन हाम्रो लागि पनि गर्वको विषय हो ।”

यामाहा दैनिक यात्रादेखि रेसिङ हुँदै एड्भेन्चर खोज्नेहरूसम्मका लागि डिजाइन गरिएका विविध र शक्तिशाली उत्पादनहरूको लागि परिचित रहँदै आएको छ । नेपालकै उच्च माइलेज दिने स्कुटर ARAI प्रमाणित ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज भएको Yamaha RayZR 125FI Hybrid देखि लिएर स्पोर्टी र स्टाइलिस Yamaha R15 V4 सम्म, यामाहाले सधैं उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्दै आएको छ ।
सडकमा दमदार उपस्थिति चाहनेहरूका लागि MT-15 V2 र FZ V3 सिरिज आकर्षणका केन्द्र बनेका छन्, भने Aerox 155 एक स्पोर्टी डिजाइन भएको परफर्मेन्स स्कुटरका रूपमा अगाडि आएको छ । अफ-रोड यात्राका लागि WR155R भरपर्दो विकल्पको रूपमा स्थापित भएको छ । यामाहाका सम्पूर्ण मेसिनहरू उन्नत जापानी प्रविधिबाट निर्माण गरिएका छन् जसले सुरक्षा, दक्षता र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्छन् ।
एमएडब्लू राइड्सको नेतृत्वमा सञ्चालन भइरहेको यामाहा नेपाल आज नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्ड बनेको छ । अत्याधुनिक जापानी प्रविधि, भरपर्दो पर्फर्मेन्स र उत्कृष्ट आफ्टर सेल्स सर्भिसको संयोजनमार्फत यामाहाले सधैं पर्फर्मेन्स, स्टाइल र ग्राहक सन्तुष्टिको मापदण्ड तय गर्दै आएको छ ।
ब्रान्डले दक्ष जनशक्ति उत्पादन र ग्राहकको सम्पूर्ण अनुभवलाई अझ प्रिमियम बनाउने प्रतिबद्धतासहित नेपालको प्रत्येक कुनामा आफ्नो उपस्थिति बलियो बनाउँदै लगिरहेको कम्पनीले जनाएको छ ।

Facebook Comment
Comment