कर्णाली विकास बैंक घोटाला : पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

नेपालभ्युज

कर्णाली विकास बैंक घोटाला : पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

काठमाडौं । कर्णाली विकास बैंक घोटालामा पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।

बुधबार नेपालगन्जबाट मिश्रलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

“दयाललाई आज बिहान नेपालगन्जबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत बाँकेमा पेस गर्ने तयारी भइरहेको छ,” उनले भने ।

मिश्र नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन् । मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved