आगो, पानी, पृथ्वी, वायु र आकाशको सम्बन्ध देखाउने प्रदर्शनी (तस्वीरहरू)

नेपालभ्युज

आगो, पानी, पृथ्वी, वायु र आकाशको सम्बन्ध देखाउने प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अहिले “Interdependence of the Five Elements” (पाँच तत्वको अन्तरनिर्भरता) नामक कला प्रदर्शनी चलिरहेको छ ।

लिच्छवी हाउसको आयोजनामा सुरु भएको यो प्रदर्शनी नेपाली महिला कलाकारहरूको सिर्जनाशीलता र प्रकृतिप्रतिको गहिरो संवेदनशीलतामा समर्पित छ ।

प्रदर्शनी असार १२ गते (२७ जुन २०२५) सुरु भएको हो भने असार २७ गते (१२ जुलाई २०२५) सम्म चल्नेछ ।

प्रदर्शनीमा आगो, पानी, पृथ्वी, वायु र आकाश यी पाँच मौलिक तत्त्वहरूमाथि आधारित चित्र, मूर्ति, मिश्रित माध्यम र स्थापना कलाहरू समावेश छन् । प्रत्येक कलाकारले यी तत्त्वहरूबीचको अन्तरसम्बन्धलाई आफ्नै शैलीमा अभिव्यक्त गरेका छन्, जसले मानव जीवन र प्रकृतिको सम्वन्धबारे पुनः विचार गर्न प्रेरणा दिन्छ ।

प्रदर्शनीको एक कुनामा दर्शकहरूलाई ढुंगा, पात र कागजमा रंग भर्ने छुट दिइएको थियो । यसमा धेरैले खुशीसाथ रंग भरिरहेका थिए, चित्र बनाइरहेका थिए ।

मिशेल लामाद्वारा क्युरेट गरिएको यो प्रदर्शनी केवल दृष्टिकोण होइन, चेतनाको यात्रासमेत हो, जहाँ कला प्रकृति र आत्मा बीचको सन्धिस्थल बन्छ ।

लिच्छवी हाउस एक सांस्कृतिक, कलात्मक र आध्यात्मिक केन्द्र हो, जसले परम्परागत नेपाली वास्तुकलालाई आधुनिक संवेदनासँग जोड्दै समुदाय र यात्रुहरूका लागि खुला स्थान तयार गरेको छ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved