बबरमहल र मीनभवनमा बन्दै छन् आकाशे पुल, हेर्नुहोस् तस्वीरहरु

मन्त्रालयले रणनीतिक सडक पुल निर्माण अन्तर्गत बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ र मीनभवनमा ४ करोड रुपैयाँ छुट्याएको छ ।

नेपालभ्युज

बबरमहल र मीनभवनमा बन्दै छन् आकाशे पुल, हेर्नुहोस् तस्वीरहरु

काठमाडौं । सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम अघि बढेको छ।

पैदल यात्रुको सुरक्षित र सहज आवागमनका लागि आकाशे पुल बनाउन लागिएको हो । भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ।

मन्त्रालयले रणनीतिक सडक पुल निर्माण अन्तर्गत बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ र मीनभवनमा ४ करोड रुपैयाँ छुट्याएको छ । हाल आकाशे पुल नहुँदा ती ठाउँहरुमा पैदल यात्रु जोखिम मोलेर सडक वारपार गर्न बाध्य छन् ।

तस्वीरहरु-नेपाल फोटो लाइब्रेरी 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved