कांग्रेस केन्द्रीय समिति बैठक आजबाट, यी हुन् एजेन्डा

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठक आजबाट, यी हुन् एजेन्डा

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ। विधानतः हरेक दुई महिनामा बस्नुपर्ने यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो।

दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुने बताइएको छ ।  छलफलका मुख्य एजेन्डाहरूमा भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण र समसामयिक राजनीतिक अवस्था रहेका छन्।

यसका साथै, पार्टीको १०० दिने अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन पनि बैठकमा पेस गरिने बताइएको छ । बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ-आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी  गराउने कांग्रेसले जनाएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved