टेरामेक्स प्रकरण : मोहन बस्नेतलाई विशेष अदालतले माग्यो २५ लाख धरौटी

नेपालभ्युज

टेरामेक्स प्रकरण : मोहन बस्नेतलाई विशेष अदालतले माग्यो २५ लाख धरौटी

काठमाडौं । टेरामक्स प्रकरणमा जोडिएका पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख धरौटी मागेको छ ।

विशेष अदालतका न्यायाधीश त्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई २५ लाख धरौटी मागेको हो ।

गएको जेठ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछी आइतबार बस्नेत अदालतमा उपस्थित भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा जेठ १ गते बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved