श्रीलंकाले जित्यो बंगलादेशविरुद्धको टेस्ट शृंखला

नेपालभ्युज

श्रीलंकाले जित्यो बंगलादेशविरुद्धको टेस्ट शृंखला
तस्वीर - गेट्टी इमेज

काठमाडौं । श्रीलंकाले बंगलादेशविरुद्धको दुई टेस्ट खेलको शृंखला जितेको छ ।

कोलम्बोमा भएको दोस्रो टेस्टमा श्रीलंकाले बंगलादेशलाई एक इनिङ्स र ७८ रनले पराजित गरेको हो ।

बंगलादेशले पहिलो इनिङ्समा २४७ रन बनाएको थियो । श्रीलंकाले आफ्नो पहिलो इनिङ्समा ४५८ रन बनाएको थियो र पहिलो इनिङ्समा २११ रनको अग्रता लिएको थियो ।

बंगलादेशले दोस्रो इनिङ्स १३३ रन मात्रै बनाउन सक्यो ।

श्रीलंका र बंगलादेशबीच गालेमा खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

श्रीलंका र बंगलादेशबीच खेलिएको यो टेस्ट शृङ्खला आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२५-२७ को हिस्सा हो । यो जितसँगै श्रीलंका अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अंक तालिकामा अष्ट्रेलिया पहिलो स्थानमा छ भने इङ्ग्ल्याण्ड दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved