त्रिभुवन विमानस्थलमा ‘सुरक्षा थ्रेट’ , स्मार्टफोन नबोक्नेलाई कागजी टिकट अनिवार्य

‘‘टिकट प्रिण्ट नै गरेर ल्याउनुस् भनेका छैनौँ। अहिले धेरैसँग स्मार्टफोन हुने भएकाले मोबाइलमै टिकट देखाए पनि हुन्छ, यदि मोबाइलमा छैन भने मात्र प्रिण्ट गर्न भनेका हौँ।’’

नेपालभ्युज

त्रिभुवन विमानस्थलमा  ‘सुरक्षा थ्रेट’ , स्मार्टफोन नबोक्नेलाई कागजी टिकट अनिवार्य

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘सुरक्षा थ्रेट’ का कारण देखाउँदै फेरि कागजी टिकट नै बोक्नुपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था स्मार्ट फोन नबोक्नेका लागि मात्र लागू गरिएको विमानस्थलले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले फागुन ७ गतेदेखि लागू हुने गरी आन्तरिक उडानको क्रममा प्रवेशसम्बन्धी नियम परिवर्तन गरेको छ। यसअघि टिकटको कोड नम्बर देखाएर मात्रै यात्रु प्रवेश गराइँदै आइएकोमा अब भने पूरा विवरण देखाउनुपर्ने भएको छ।

यात्रुहरूले टिकट प्रिन्ट गरेरै बोक्नुपर्ने वा प्रिन्ट नभएको खण्डमा मोबाइल स्क्रिनमा नाम, टिकट नम्बर, एयरलाइन्स र उडान नम्बरसहितको विवरण देखाउनुपर्ने विमानस्थलले जनाएको छ। यो नियम ७ फागुनबाट लागू हुनेछ।

मोबाइल वालेट, एयरलाइन्सका एप वा साइटबाट बुकिङ गरेपछि टिकट मोबाइलमा एसएमएस वा इमेलमा आउँछ। यसअघि भने विमानस्थल सुरक्षा जाँचमा मोबाइलमा म्यासेज आएको टिकेट नम्बर मात्रै देखाए पुग्ने थियो।

विमानस्थलको आन्तरिक टर्मिनलमा प्रवेश गर्दा झन्झट थिएन। अब भने इमेल नै ‘स्क्रीन सट’ गरेर देखाउनुपर्ने भएको छ। अथवा स्मार्टफोन नबोक्नेहरूले तथा स्मार्टफोनमा टिकेन डाउनलोड नगर्नेहरूले प्रिन्टेड टिकट नै देखाउनुपर्ने भएको विमानस्थल प्रशासनले जनाएको छ।

विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले अनावश्यक भीड रोक्न नियम परिवर्तन परेको बताए। ‘‘यात्रुलाई मात्रै टर्मिनलमा प्रवेश दिँदै आइएको छ तर कतिपय यात्रुहरूले सहयोगी लिएर छिरेपछि नयाँ नियम बनाएका हौँ,’’ सिटौलाले भने, ‘‘यसअघि टिकट नम्बर मात्र देखाउँदा पुराना टिकट नम्बर देखाएर भित्र पस्नेहरू पनि भेटिए। यसरी थप भीड भयो। साथै सुरक्षाको दृष्टिकोणले समेत असर पर्नसक्ने आकलन गरेर नियम परिवर्तन गरेका हौँ।’’

प्रिन्ट गरिएको टिकट अनिवार्य होइन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडान भर्ने यात्रुहरूले हवाई टिकट प्रिन्ट गरेरै बोक्नुपर्ने नयाँ नियम आएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ। मंगलवार बुद्ध एयरले ट्विट गर्दै ‘विमानस्थल प्रशासनले प्रिन्टेड टिकट अनिवार्य गरेको’ बताएको थियो।

यसबारे धेरैले आलोचना गरेका छन्। विमानस्थल सुरक्षा प्रमुख एसएसपी सुरेन्द्र मैनालीले भने टिकट प्रिन्ट अनिवार्य नभएको बताए। उनले भने, ‘‘टिकट प्रिन्ट नै गरेर ल्याउनुस् भनेका छैनौँ। अहिले धेरैसँग स्मार्टफोन वा आइफोन हुने भएकाले मोबाइलमै टिकट देखाए पनि हुन्छ, यदि मोबाइलमा छैन भने मात्र प्रिन्ट गर्न भनेका हौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved