काठमाडौं । इरानमाथि इजरायलले सोमबार अर्को आक्रमण गरेको छ ।
इजरायलले इरानको एभिन जेल र बसिज फोर्स मुख्यालयलाई निशाना बनाएको बीबीसीको समाचारमा जनाइएको छ । इरानले आक्रमणको पुष्टि गरेको हो । बसिज फोर्स एक अर्धसैनिक स्वयंसेवी मिलिसिया हो, जो इस्लाम धर्मसँग सम्बन्धित छ ।
यसअघि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्ति जारी गर्दै तेहरानमा रहेका इरानी शासनका केही अखडा सूचीबद्ध गरेका थिए, जहाँ उनले हवाई हमला गरिएको बताएका थिए ।
‘लक्षित स्थानहरूमा बासिज फोर्सको मुख्यालय पनि समावेश छ, जसको प्राथमिक काम देशभित्र सरकार विरोधी गतिविधिहरूलाई सम्बोधन गर्नु हो,’ उनले भनेका थिए, एभिन जेल, जहाँ राजनीतिक कैदी र शासनका शत्रुहरू राखिन्छन्, त्यसैलाई लक्षित गरिएको थियो ।’
बीबीसी भेरिफाईले जेलको प्रवेशद्वारमा विस्फोट भएको सीसीटीभी फुटेज देखिएको पुष्टि गरेको छ ।
इरानको न्यायपालिकाले तेहरानको एभिन जेलमा भएको आक्रमणको पुष्टि गर्दै क्षेप्यास्त्र जेलमा खसेको र जेलको केही भागमा क्षति पुगेको बताएको छ ।
Facebook Comment
Comment