काठमाडौं । नेपाली कांग्रेसले संसदमा एमसीसी टेबुल गर्ने निर्णय गरेको छ।
आज बसेको संसदीय दलको बैठकले भोलि (बुधबार) यसबारे निर्णय गरेको हो। कांग्रेस नेता तथा कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले यसबारे सभामुखलाई समेत जानकारी गराएको बताएका छन्। संसदीय दलको बैठकबाटै प्रधानमन्त्रीले सभामुखलाई फोन गरेर यसबारे जानकारी गराएका उनले बताए।
यसैबीच नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले एमसीसी चलेको कुनै पनि देशमा अमेरिकी सेना नगएको भन्दै नेपालले पनि स्वीकार्नुपर्ने बताएका छन्। पार्टी संसदीय दलको बैठकबाट बाहिरिएपछि कोइरालाले एमसीसीमा कुनै आपत्तिजनक कुरा नभएको बताए। उनले भोलिको संसद् बैठकमा एमसीसी पेस हुने र सबैको धारणा पास गर्ने विश्वास दिलाए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, भोलि बस्ने संसद् बैठकलगायत विषयमा छलफल र कांग्रेस संसदीय दलको बैठक बसेको हो।
Facebook Comment
Comment