रहेनन् साहित्यकार तारानाथ शर्मा

साहित्यकार शर्माको ८७ वर्षको उमेरमा निधन भएको हो। डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको मङ्गलवार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपालभ्युज

रहेनन् साहित्यकार तारानाथ शर्मा

काठमाडौं। तपाईंलाई ‘घनघस्याको उकालो’ थाहा छ? २०५० को दशकसम्मको एसएलसी उत्तीर्ण हो भने यो निबन्ध तपाईंले पढ्नुभएको हुनुपर्छ। त्योभन्दा नयाँ पुस्ता हो भने तपाईँले दिदी, दाजु, काकी, काकाको मुखबाट त्यो कष्टसाध्य उकालोबारे सुन्नुभएको हुनुपर्छ।
निबन्धमा उकालोको वर्णन गर्ने ती निबन्धकार आज जीवनको अन्तिम देउरालीमा पुगेर थकाई मारेका छन्।  ‘बेलायततिर बरालिँदा’ जस्ता सशक्त निबन्ध सङ्ग्रहका लेखक नेपाली भाषाका ज्ञाता तारानाथ शर्मा अब हामीसँग आफ्ना सिर्जनामार्फत मात्र जीवित रहने भएका छन्।

साहित्यकार शर्माको ८७ वर्षको उमेरमा निधन भएको हो। डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको मङ्गलवार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन्। उनी २०२६ सालको मदन पुरस्कार विजेता हुन्।
शर्माको मङ्गलवार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved