नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन

नेपालभ्युज

नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० श्रृंखलाअन्तर्गत आज (बिहीबार) नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ ।

खेल गासगावमा नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।

यसैबीच नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

आज नेपालीमा टोलीमा तीन परिवर्तन भएको छ । किरण ठगुन्ना, बसिर अहमद र अनिल साहको ठाउँमा आरिफ शेख, आसिफ शेख र भीम सार्की आएका छन् ।

श्रृंखलाको अन्तिम खेल खेल्दै गरेको नेदरल्यान्ड्स चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । स्कटल्यान्ड दोस्रो स्थानमा ।

श्रृंखलाको पहिलो भेटमा सोमबार नेदरल्यान्ड्स नेपालमाथि सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो सुपर ओभरमा नतिजा निस्केको हो ।

नेपालले श्रृंखलाको अन्तिम खेलमा शुक्रवार स्कटल्यान्डसँग खेल्नेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ । यसअघि मंगलबार नेपालले स्कटल्यान्डलाई दुई किकेटले हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved