प्रदेशमा सुशासन कायम गर्न प्रशिक्षण केन्द्र कोशेढुंगा साबित हुने : मुख्यमन्त्री राउत

नेपालभ्युज

प्रदेशमा सुशासन कायम गर्न प्रशिक्षण केन्द्र कोशेढुंगा साबित हुने : मुख्यमन्त्री राउत

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन्। जनकपुरधामको मुजेलियामा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशिक्षणमार्फत प्रदेशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

एक महीनाअघि स्थापना भएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रलाई प्रदेशकै नमूना अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको मुख्यमन्त्री राउतले बताए। त्यसका लागि आवश्यक पूर्वाधारको बिस्तृत योजना तयार पार्न उनले निर्देशन समेत दिए।

केन्द्र तालिम मात्र नभई मधेशका विभिन्न पक्ष बारे अनुसन्धानको नीति समेत लिने उल्लेख गर्दै उनले अध्ययन अनुसन्धान गर्न चाहने देशी विदेशी नागरिकको लागी समेत आकर्षणको केन्द्र बनाउने प्रदेश सरकारको योजना रहेको बताए।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, प्रमुख सचिव कृष्ण बहादुर राउत सहितका व्यक्तिहरूल शुभकामना मन्तव्य राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved