करण बने टी–२० मा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी

नेपालभ्युज

करण बने टी–२० मा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी

काठमाडौं । करण केसी टी–२० आई क्रिकेटमा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत आज (मंगलबार) घरेलु टोली स्कटल्यान्डविरुद्धको जारी खेलमा उनले दुई विकेट लिएसँगै यो कीर्तिमान बनेको हो ।

जारी खेलमा नेपालले शानदार बलिङ प्रदर्शन गरिरहेको छ । यसअघि दीपेन्द्रसिंह ऐरीले पहिलो ओभरमा पाँचौ बलमै नेपाललाई सफलता दिलाएका थिए । त्यसपछि करणले एकै ओभरमा दुई विकेट लिएका हुन् ।

टी–२० मा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान भने सन्दीप लामिछानेको नाममा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved