धनगढीमा एलपिएलको छैठौं संस्करण सुरु, पहिलो खेलमा सत्यवती एकेडेमी विजयी

नेपालभ्युज

धनगढीमा एलपिएलको छैठौं संस्करण सुरु, पहिलो खेलमा सत्यवती एकेडेमी विजयी

धनगढी । कैलालीको धनगढीमा सोमबारदेखि अन्डर–१९ बिद्यालय स्तरीय धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिग टी–ट्वान्टी प्रतियोगिताको छैठौं संस्करण सुरु भएको छ। धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गर्यो।

खेलमा सत्यवती एकेडेमीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पूरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षतिमा १२४ रन मात्र बनाउन सक्यो। लिटल फ्लावरको ब्याटिंगमा कप्तान विपिन रावलले सर्वाधिक ६२ रन बनाए, उनले यस क्रममा ४५ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै नरेन भट्टले २८ रन बनाए।

सत्यवती एकेडेमीका बलर निरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए भने सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमले समान एक विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको सत्यजित एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १९७ रन बनाएको थियो। सत्यवती एकेडेमीको लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए, यसक्रममा उनले बलमा २ चौका र ७ छक्का प्रहार गरे।

त्यस्तै सन्तोष कार्कीले ३३ रन, खगेन्द्र जोशीले ३२ रन तथा आदील अन्सारीले ३० रन योगदान दिए। लिटल फ्लावरका बलर प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई विकेट लिए। खेलको प्लेयर अफ द म्याच सन्दिप खत्री घोषित भए।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन्। बिहान ९:३० बजे हुने पहिलो खेलमा होलिल्याण्ड इंगलिश बोर्डिंग स्कुल र एभरेष्ट एकेडेमीले तथा दिउँसो १:३० बजे गुरुकुल इंगलिश मिडियम स्कुल र स्टेपिंग इंगलिश स्कुलले प्रतिस्पर्धा गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved