काठमाडौं । दीपेन्द्र सिंह ऐरीले चार विकेट लिएपछि नेपालले आयरल्यान्डलाई १ सय २७ रनमै समेटेको छ। दीपेन्द्रले ४ ओभर बलिङ गर्दै केवल २१ रन खर्चिएर ४ विकेट लिएका हुन्। नेपालबाट अविनाश बोहराले दुई, कमल सिंह ऐरी, जीतेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिए।
नेपालको कसिलो बलिङसामु आयरल्यान्डका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन्। आयरल्यान्डबाट जर्ज डोक्रेलले सर्वाधिक २८ रन जोडेका थिए।
सन्दीपको किर्तिमान
यस विकेटसँगै सन्दीप लामिछानेले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पूरा गरेका छन्। उनी यस्तो उपलब्धि हासिल गर्ने पहिलो नेपाली खेलाडी हुन्। सबैभन्दा कम खेलमा ५० विकेट पूरा गर्ने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा आएका छन्। उनले २९ खेलमा ५० विकेट लिए।
यो सूचिको पहिलो स्थानमा रहेका श्रीलंकाका अजेन्ता मेन्डिसले २६ खेल तथा दोस्रो स्थानका आयरल्यान्डका मार्क आदिरले २८ खेलमा ५० विकेट लिएका थिए।
Facebook Comment
Comment