नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य

नेपालभ्युज

नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य

काठमाडौं । टी–२० आई त्रिकोणीय सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको ग्लासगोवमा आज (सोमबार) राति जारी खेलमा टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्ले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा रन १५२ बनाएको छ ।

नेदरल्यान्ड्का लागि तेजा निदमानुरुले सर्वाधिक ३५ रन बनाए । यस्तै विक्रमजित सिंहले ३० तथा शाकिब जुल्फिकरले अविजित २४ रन जोडे ।

नेदरल्यान्ड्ले पावरप्लेमा मात्र एक विकेट गुमाएर ५२ बनाएको थियो । त्यसपछि भने नेपालका बलरहरू केही समय हाबी हुँदै गएका थिए ।

यसपछि नेदरल्यान्ड्सले १५ ओभरमा १०२ रन बनाएको थियो । यसपछि नेदरल्यान्ड्सका ब्याटर लयमा फर्किए । अन्तिमतिर नेपाली बलरहरू चुटिए ।

नेपालका लागि सन्दीप लामिछानेले तीन, नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भुर्तेलले एक–एक विकेट लिएका छन् ।

सन्दीपको बलिङ सकिएपछि नेदरल्यान्ड्स नेपालमाथि हाबी हुँदै गएको थियो । अन्तिम ओभर बलिङ गर्ने क्रममा नेपाली टोलीका बलर नन्दन घाइते भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved