उडान भरे लगत्तै एअर इन्डियाको विमान दुर्घटना

नेपालभ्युज

उडान भरे लगत्तै एअर इन्डियाको विमान दुर्घटना
तस्वीर - एएनआई (अहमदाबाद विमानस्थलनजिकै विमान दुर्घटनापछि देखिएको कालो धुवाँको मुस्लो ।)

काठमाडौं । भारतमा विमान दुर्घटना भएको छ । गुजरात राज्यको अहमदाबादमा एअर इन्डियाको विमान उडान भरे लगत्तै दुर्घटनामा परेको हो ।

दुर्घटना भएको मेघानीनगर आईजी कम्प्लेक्सबाट कालो धुवाँको मुस्लो उडिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त जहाजमा २४२ जना यात्रु सवार रहेको एएनआईले जनाएको छ ।

अहिले यस क्षेत्र जाने सबै सडकहरू बन्द गरिएको छ ।

उक्त विमान अहमदाबादबाट लन्डन जाँदै थियो र अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयपछि मेघानीनगर नजिकै दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलबाट मेघानीनगरको दूरी लगभग १५ किलोमिटर छ । दुर्घटना लगत्तै ७ वटा दमकलका गाडी घटनास्थलमा पुगेर आगो निभाउन थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved