हङकङ र लाओसविरुद्धको खेल खेलेर स्वदेश फर्कियो नेपाली फुटबल टोली

नेपालभ्युज

हङकङ र लाओसविरुद्धको खेल खेलेर स्वदेश फर्कियो नेपाली फुटबल टोली

काठमाडौं । हङकङसँगको मैत्रीपूर्ण फुटबल खेल र एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली  स्वदेश फर्किएको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूले स्वागत गरेका थिए।

नेपालले हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेर बलियो प्रदर्शन गरेको थियो। तर, एएफसी एसियन कप छनोटमा भने नेपाललाई लाओसले धक्का दियो।

छनोट खेलमा लाओसले नेपाललाई २-१ गोलअन्तरले पराजित गर्‍यो।  नेपाली टोली लाओससँग पहिलोपटक पराजित भएको हो। घरेलु मैदानमा लाओसले नेपाललाई हराउँदै छनोट प्रतियोगितामा आफ्नो पकड बलियो बनाएको छ। टोली बुधबार राति स्वदेश फर्किएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved