जनयुद्धले ल्याएको परिवर्तनलाई स्वीकार गराउन संघर्ष आवश्यक : मुख्यमन्त्री भट्ट

नेपालभ्युज

जनयुद्धले ल्याएको परिवर्तनलाई स्वीकार गराउन संघर्ष आवश्यक : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनयुद्धले ल्याएको परिवर्तनलाई स्वीकार गराउन संघर्ष आवश्यक रहेको बताएका छन्। धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले भने,‘१० वर्षे जनयुद्धकै कारण भएका परिवर्तनलाई हामीले पछ्याइरहेका छौ, तर जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गर्नुपर्छ।’

अहिले पनि माओवादीमाथि नै सबै क्षेत्रबाट आक्रमण भइरहेको दाबी उनले गरे। विगतमा नीति तथा कार्यक्रममा जनयुद्ध लेख्दा सुदूरपश्चिम प्रदेश सभामा त्यसलाई हटाउन दबाब दिइएको उनले बताए। ‘‘ अझै पनि जनयुद्धले ल्याएको परिवर्तनलाई स्वीकार गराउन संघर्ष आवश्यक छ,’’ उनले भने।

मुख्यमन्त्रीले केन्द्रदेखि प्रदेश स्तरमा पटक–पटक सरकारमा गएपनि माओवादीलाई काम गर्न नदिइएको बताए। उनर्ले प्रदेश सरकारले घाइते, अपांग र शहीद परिवारलाई सम्मान हुने खालका कार्यक्रम ल्याउने बताए।
त्यस्तै, युवा स्वरोजगार कार्यक्रममा बिना धितो न्युन ब्याज दरमा ऋण दिइने उनले बताए। उनले गम्भीर खाले बिमारीलाई आवश्यक पर्ने सबै रकम दिइने पनि बताए।

जनक्रान्तिका घाइते तथा अपांग योद्धा संगठन सूदूरपश्चिमको आयोजनामा भएको कार्यक्रममा भूमीसुधार, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले समेत बोलेकी थिइन्। सो अवसरमा जनयुद्धका शहीद परिवारका तर्फबाट बोल्दै टंक अवस्थीले जनयुद्धका शहीदका सपना अनुसार अझै जनहीतमा काम नभएको गुनासो गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved