नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै, नन्दनको डेब्यू

नेपालभ्युज

नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै, नन्दनको डेब्यू

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

डन्डीस्थित फोर्टहिलमा केही समयमा सुरु हुने खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको हो ।

जारी सिरिजको अन्तिम खेलमा नेपाल आफ्नो तेस्रो जितको खोजीमा छ । ४ मध्ये नेपाल २ खेलमा जित र १ मा पराजित भएको थियो ।

नेदरल्यान्ड्स भने सिरिजको पहिलो २ खेलमा पराजित भएको थियो । नेदरल्यान्ड्स पहिलो जितको खोजीमा छ ।

चोटका कारण सोमपाल कामी र गुल्शन झा प्लेइङ-११ मा परेका छैनन् भने ओपनर तथा विकेटकिपर आसिफ शेखलाई विश्राम दिइएको छ ।  उनीहरुको ठाउँमा अनिल साह, बासिर अहमद र नन्दन यादव टोलीमा समेटिएका छन् । नन्दनको यो डेब्यू खेलसमेत हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved