टेलिकमको बिलिङ सिस्टम अपग्रेडमा भ्रष्टाचार : दुई जना चिनियाँ नागरिक र चिनियाँ कम्पनीविरुद्ध मुद्दा दायर

नेपालभ्युज

टेलिकमको बिलिङ सिस्टम अपग्रेडमा भ्रष्टाचार : दुई जना चिनियाँ नागरिक र चिनियाँ कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल टेलिकमको बिलिङ सिस्टम अपगेडका लागि चिनियाँ कम्पनीसँग सिस्टम खरिद गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारको विज्ञप्तिअनुसार नेपाल टेलिमकका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र हालकी प्रबन्ध निर्देशक संगिता पहाडीलगायत १८ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले टेलिकमका कर्मचारी, दुई चिनियाँ नागरिक, एक चिनियाँ कम्पनीका नेपाली एजेन्ट र एक चिनियाँ कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार चिनियाँ कम्पनी एसिया इनफो युङहाङ सफ्टवेर कम्पनी बेइजिङ, सो चिनियाँ कम्पनीका सिनियर निर्देशक लङ युङ, सोही कम्पनीका प्रोजेक्ट म्यानजर ह्वाङ वे र सो कम्पनीका नेपाली एजेन्ट शैलेश श्रेष्ठविरुद्ध जनही ३३ करोड ३८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको विगो दाबी गरी मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्न २०६८ पुस ६ गते चिनियाँ कम्पनी एसिया इनफो लिंकेज टेक्नोलोजीजसँग ठेक्का सम्झौता भएको थियो । सो सम्झौताअनुसार ६ वर्षका लागि वार्षिक मर्मत सम्झौता (एएमसी) पाँच प्रतिशतको घट्दो क्रममा लिनेदिने व्यवस्था भए पनि चिनियाँ कम्पनीका सिनियर कर्मचारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशकसहितको मिलेमतोमा एएमसी सम्झौताविपरीत अस्वाभाविक मूल्य बढाएर सो चिनियाँ कम्पनीसँग २ करोड पाँच लाख ६३ हजार अमेरिकी डलरमा ४ प्लस १ वर्षको सम्झौता गराएको अख्तियारको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved