काठमाडौं । यूईएफए नेसन्स लिगको उपाधिका लागि आज पोर्चुगल र स्पेन भिड्दैछन् । जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा नेपाली समयअनुसार आइतबार राति १२ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ। जहाँ पोर्चुगल र स्पेन दुवै टोली नेसन्स लिगको उपाधि दोस्रोपटक जित्ने दाउमा हुनेछन्।
पोर्चुगल सन् २०१८–१९ को नेसन्स लिगको विजेता हो भने स्पेनले सन् २०२२–२३ मा यो उपाधि जितेको थियो। यसअघि फ्रान्सले सन् २०२०–२१ मा नेसन्स लिगको उपाधि उचालेको थियो।
पोर्चुगलको नेतृत्व स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गर्नेछन्। स्पेन भने युवा विङ्गर लामिन यमालसहित उपाधि हात पार्ने योजनाका साथ मैदान उत्रिनेछ।
स्पेन र पोर्चुगल अहिलेसम्म ४० पटक भिडेका छन्। यीमध्ये स्पेनले १८ खेलमा पोर्चुगलमाथि जित निकालेको छ भने पोर्चुगलले स्पेनमाथि ६ जित मात्र हासिल गरेको छ। १६ खेल भने बराबरीमा टुंगिएका छन्। यी दुई टोलीबीच पछिल्लो खेल सन् २०२२ सेप्टेम्बरमा नेसन्स लिगमै भएको थियो । जहाँ अल्भारो मोराटाको गोलमा स्पेनले पोर्चुगलमाथि जित निकालेको थियो।
Facebook Comment
Comment