बाँकेमा कोरोनाले ८४ वर्षीय वृद्धको मृत्यु

नेपालभ्युज

बाँकेमा कोरोनाले ८४ वर्षीय वृद्धको मृत्यु

नेपालगञ्ज । बाँकेका कोरोना सङ्क्रमणबाट ८४ वर्षका एक वृद्धको निधन भएको छ। भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा ९ का एक ८४ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार राती साढे १० बजे निधन भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।

माघ १८ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएका उनी १९ गते कोभिड वार्डमा भर्ना भएका थिए। अहिलेसम्म बाँकेका ३५० जनाको कोभिडबाट मृत्यु भएको छ भने बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved