च्यासललाई हराउँदै मच्छिन्द्रले लियो ७ अंकको अग्रता

नेपालभ्युज

च्यासललाई हराउँदै मच्छिन्द्रले लियो ७ अंकको अग्रता

काठमाडौं । च्यासल युथ क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र युवा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको अग्रता फराकिलो बनाएको छ।

मच्छिन्द्रलाई जीत दिलाउने क्रममा विमल घर्तीमगरले उत्कृष्ट प्रदर्शन गरे। उनले १७ औं मिनेटमा रञ्जित धिमालको कर्नरमा गोल गर्दै क्लबलाई अग्रता दिलाए। विमलकै पासमा ३५ औं मिनेटमा सुनिल बलले गोल गर्दै मच्छिद्रलाई २–० ले अघि बढाए। त्यसपछि खेलमा कुनै गोल हुन सकेन।

मच्छिन्द्रले लिगमा १० खेलबाट २६ अंक बटुलेको छ। दोस्रो स्थानको मनाङ मस्र्याङ्दीको १९ अंक छ। हारपछि च्यासलमाथि भने रेलिगेसनको दबाब बढेको छ। १० खेलबाट केवल ५ अंक जोडेको च्यासल लिगको पुछारमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved