यूएईको विशाल योगफल, चल्न सकेनन् नेपाली बलर

नेपालभ्युज

यूएईको विशाल योगफल, चल्न सकेनन् नेपाली बलर

काठमाडौं । यूएईले नेपाललाई १ सय ९३ रनको लक्ष्य दिएको छ। अल अमिराद स्टेडियममा टस हारेर यूएई ब्याटिङमा उत्रिएको थियो। यूएईले मात्र तीन विकेटको क्षतिमा १ सय ९२ रन बनाउन सक्यो।

नेपालका लागि उत्कृ्षट प्रदर्शन गरेका कप्तान सन्दीप लामिछाने एक, आरिफ शेखले एक तथा शाहब आलमले एक विकेट लिए।

नेपाल बलर कमलसिंह ऐरी महँगा साबित भए। उनले पूरा चार ओभरमा ४२ रन दिएर पनि विकेट लिन सकेनन्। ५ छक्का हिर्काएका यूएईका चिराग सुरीले नट आउट ८४ रन बनाए भने रोहन मुस्तफा अर्धशतकबाट मात्र एक रनले चुके।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved