काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको आलोचनाको जवाफ दिँदै ‘भावनात्मक अभिव्यक्ति’को संज्ञा दिएका छन् । युक्रेनमा रुसले निरन्तर गरेको बमबारीलाई लिएर ट्रम्पले रुसी राष्ट्रपति पुटिनको आलोचना गरेका थिए ।
पेस्कोभले यसको जवाफ फर्काउँदै भने, ‘हामी हरेक प्रतिक्रियाको निगरानी गरिरहेका छौं, तर राष्ट्रपति पुटिनले रुसको सुरक्षाका लागि आवश्यक पर्ने निर्णयहरू मात्र लिन्छन् ।’
यद्यपि उनले शान्तिको प्रयासका लागि अमेरिका र राष्ट्रपति ट्रम्पप्रति आभार प्रकट भने गरेका छन् ।
‘वार्ता प्रक्रिया सुरु हुनु ठूलो कुरा हो र अमेरिकाले यसका लागि धेरै प्रयास गरेको छ । हामी यो सहयोगका लागि अमेरिका र विशेषगरी राष्ट्रपति ट्रम्पप्रति आभारी छौं । यो एउटा महत्त्वपूर्ण उपलब्धि हो,’ उनले भने, ‘यो सबैका लागि धेरै भावनात्मक र तनावपूर्ण समय हो, त्यसैले केही प्रतिक्रियाहरू भावनामा आधारित हुन्छन् ।’
युक्रेनमा रुसको निरन्तर बमबारीप्रति आक्रोश व्यक्त गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ’पागल’ भनेका थिए ।
युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो आक्रमणपछि ट्रम्पले पुटिनलाई दिए ‘पागल’को संज्ञा
Facebook Comment
Comment