धोनीको आईपीएल निरन्तरताबारे उठिरहेका प्रश्न

नेपालभ्युज

धोनीको आईपीएल निरन्तरताबारे उठिरहेका प्रश्न

काठमाडौं । ‘के धोनीले अब सन्यास लिन्छन् ?’ इन्डियन प्रिमियर लिग आईपीएलको एउटा चर्चित प्रश्न बनिसकेको छ । सन् २०२० को अगस्ट १५ मा महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषाण गरेपछि हरेक आईपीएल संस्करणमा यो प्रश्न उठ्ने गरेको छ ।

तर, हरेक वर्ष उठ्ने यस प्रश्नमा मन्द मुस्कान दिएर धोनीको उत्तर हुन्छ– त्यसका लागि अर्को सिजनसम्म पखर्नुपर्छ । सायद चेन्नई सुपर किङ्ग्सलाई यो सिजन बिर्सन पाए पनि हुन्थ्यो भइरहेको होला । किनकी आफ्नो अन्तिम खेलमा सनराइजर्स हैदरावादलाई ११० रनले हराएर सान्त्वना जित निकाले पनि पहिलोपटक चेन्नईले अंक तालिकाको अन्तिम स्थानमा रहेर आईपीएलको यात्रा टुङ्ग्याएको छ ।

यसले धोनीको सन्यासबारे प्रश्न पुनः उठाएको छ –के अब धोनीको समय सकिएकै हो ?

यो प्रश्न उठे पनि, धोनीले चेन्नईसँगको यात्रालाई निरन्तरता दिन सक्छन् । तर, के त्यो निर्णयले चेन्नईको विकासमा अवरोध पुर्‍याउन सक्छ ? भन्ने अर्को चर्चाको विषय बनेको छ ।

कुनै पनि खेलाडी खेलभन्दा ठूलो हुँदैन । तर, धोनी र सीएसकेको सन्दर्भमा भने धोनीको छवि बेग्लै छ । चेन्नई टोलीमा रहेका धोनीलाई भगवानको रूपमा दर्जा दिइएको भन्दा बेठिक नहोला । सन् २००८ मा धोनी कप्तान बनेदेखि नै चेन्नईको सफलता उनको केन्द्रमा भएको पाइन्छ ।

चेन्नईले लगातार ५ पटक उपाधि जित्दा होस् वा अनगिन्ती प्लेअफमा पुग्दा होस् वा अन्य धेरै खेलमा नाजुक अवस्थामा टोलीको उद्धार गर्दा होस्, धोनी सधैँ केन्द्रमा रहे । त्यसैले पनि धोनी र चेन्नई एकअर्काका परिपूरकका रूपमा स्थापित भइसकेका छन् ।

मैदानभित्र र बाहिर चेन्नईलाई धोनीकै भर

चेन्नई मैदानभित्र मात्र नभई मैदान बाहिर पनि धोनीमा भरपर्ने देखिन्छ । धोनीको सल्लाहबिना चेन्नईले बिरैले कुनै निर्णय लिन्छ । र, धोनीको शब्द फाइनल हुने गर्दछ । यो हो धोनीको चेन्नईमा प्रभुत्व । जसलाई धोेनीले आफ्नो जीवनको १८ वर्षको योगदानले पारिवारिक सम्बन्धभन्दा पनि माथि पुर्‍याएका छन् ।

यस सिजनमा पनि धोनीले आफ्नो धारणा राखिसकेका छन् । उनले आईपीएल खेल्ने वा नखेल्ने भन्ने निर्णय सन् २०२६ को सिजन नजिकिँदा उनको शरीरको अवस्थामा निर्भर हुने बताइसकेका छन् । विगत ५ वर्षदेखि नै हरेक सिजनको फाइनलपश्चात सो उत्तरले धोनी र उनको सन्न्यासबीच एउटा घेरा कोर्ने गरेको पनि पाइन्छ ।

अर्को आईपीएल सिजन आउँदासम्म धोनी ४४ वर्षका हुनेछन् । यदि स्वस्थ भएमा धोनीले यस वर्षझै अर्को सिजनमा पनि सहभागीता जनाउनेछन् । र, विकेटको पछाडि सोही शैलीमा तीव्र रूपमा प्रस्तुत पनि हुनेछन् ।

धोनीको कप्तानी क्षमता सधैँझै बलियो नै देखिएको छ । तर, के विष्फोटक ब्याट्सम्यान धोनी चेन्नईको उत्कृष्ट ११ मा पुनः पर्न सक्छन् त ? यो अर्को महत्त्वपूर्ण प्रश्न हो ।

यो सिजनको सुरुवातमा, रोल्यस च्यालेन्जर्स बेंगालुरुविरुद्ध धोनी नौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । जसमा चेन्नई ५० रनले पराजित भएको थियो । राजस्थान रोयल्सविरुद्धको खेलमा उनी सातौँ स्थानमा आए । त्यसबेलासम्म म्याच सन्तुलनमा थियो । धोनीले १६ बालबाट ११ रन मात्र बनाए । चेन्नई ६ रनले पराजित भयो ।

मे महिनाको सुरुवाती दिनमा भएको रोयाल च्यालेन्जर्स बैंगलोरविरुद्ध चेन्नईको २ रनको पराजयमा आफू दोषी भएको धोनीले बताए । २१४ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईलाई जितका लागि ४२ रनको आवश्यकता थियो । १७ औँ ओभरमा मैदान प्रवेश गर्दा तीव्र गतिमा ब्याटिङ गर्न नसकेको उनले स्वीकारे ।

धोनीले आफ्नो पोजिसनबारे खेलको प्वाइन्टका आधारमा निर्णय लिएको बैंगलोरविरुद्धको पराजयपश्चात चेन्नईका मुख्य प्रशिक्षक स्टेफन फ्लेमिङ्ले बताएका थिए । धोनीले २०२३ को आईपीएलपश्चात भएको आफ्नो घुँडाको शल्यक्रियाका कारण धरै ओभर ब्याटिङ गर्न नसक्ने आफूलाई बताएको प्रशिक्षक फ्लेमिङ्ले बताए ।

धोनीको कमजोरी स्पिन भएकोले एक ओभर प्रतिद्वन्द्वी टोलीले स्पिन ओभर अवश्य राख्ने गर्दछन् । तर, जब-जब प्रदर्शनबारे प्रश्न उठ्छ धोनीले त्यसलाई आफ्नो प्रदर्शनले नै उत्तर दिने गरेका पनि प्रशस्त उदाहरण छन् ।

सन् २०२४ को आईपीएलमा धोनी जानीजानी ढिला ब्याटिङ गर्न आएका थिए । त्यो प्रतियोगितामा उनको एउटै उद्देश्य थियो– बललाई हार्ड हिट गर्नु । अर्थात्, उच्च स्ट्राइक रेटमा रन बनाउनु । र, त्यस्तो भयो पनि । २२०.५४ को स्ट्राइक रेट  कायम गरेका धोनी त्यो सिजन उच्च स्ट्राइक रेटको सूचीमा  दोस्रो स्थानमा रहे ।

सन् २०२३ मा घुँडामा केही समस्या भए पनि, उनले फाइनलका प्लेयर अफ द फाइनल घोषित भएका रविन्द्र जडेजालाई बोके । त्यसपछि चेन्नईको पाँचौं ट्रफी उचाले ।

गत २ सिजनदेखि मे २४ सम्म चेन्नईका लागि ब्याट्सम्यानले बनाएको धेरै रनको सूचीलाई हेर्ने हो भने धोनी पाँचौं स्थानमा छन् ।  ३२  को औसत उनले २४ पारीमा ३५७ रन बनाएका छन् । जसमा उनको स्ट्राइक रेट झण्डै १६४ छ । त्यस दौरान उनले २५ छक्का पनि प्रहार गरे । जुन टोलीको दोस्रो उच्च छक्काको संख्या पनि हो । यसले पनि चेन्नईले धोनीलाई टिममा समावेश गरेर उठाएको जोखिम फाइदाजनक रहेको देखाउँछ ।

धोनी चेन्नईको ‘कोर ग्रुप’को अभिन्न पाटो

कहिले सन्न्यास लिने भनेर पटकपटक सोधिने प्रश्नबारे धोनीले चेन्नईको व्यवस्थापनसँग आन्तरिक छलफल गरेर अघि बढ्ने गरेको बुझ्न सकिन्छ । यद्यपि, उनको जिम्मेवारीको मुख्य भाग भनेको उनले ठीक समयमा सन्न्यास लिनु नै रहेको बुझिन्छ । त्यो ट्रान्जिसन सरल हुनेमा उनले आत्मविश्वास राखेका छन्।

आफ्नो कल्ट छवि भए पनि, धोनीले त्यसलाई व्यक्तिगत कारणले भन्दा पनि चेन्नईका लागि राम्रो हुने भएकोले सम्हालेको देखिन्छ । सन् २०२२ को मेगा अक्सनअगाडि आगामी १० वर्षका लागि सँगै बस्ने एउटा बलियो कोर ग्रुप बनाउन आवश्यक रहेको धोनीले बताएका थिए । ४ सिजनपछि गत नोभेम्बरमा अर्को अक्सन भएका थियो । तर, त्यस कोर ग्रुपमा पनि धोनी अभिन्न भाग नै साबित भए ।

सिजन कसरी सकियोभन्दा पनि सफल भयो कि भएन भन्ने आधारमा धोनीको चेन्नईले आफ्नो कोर ग्रुप बनाउने योजनालाई डगमगाउन दिएन । पछिल्लो मेगा अक्सनमा चेन्नईले आफ्नो करिअरको अन्तिममा रहेका केही खेलाडीहरूलाई समावेश गरेको थियो । ती खेलाडीहरू छिट्टै रिलिज हुने अवस्थामा पनि रहेका छन् । चेन्नईले एक नयाँ दिशामा अघि बढ्ने पनि सुनिएको छ । जसमा युवा खेलाडीमा लगानी बढाएर रिटेन गर्ने पनि मनाशय रहेको पाइन्छ । यद्यपि, धोनी भएसम्म यस योजना लागू गर्न चुनौतीपूर्ण हुने देखिन्छ ।

धोनीको विदाइ लिने आफ्नै शैली

धोनीको नेतृत्व क्षमतालाई हेर्ने हो भने उनलाई कहिले  नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने राम्रो ज्ञान भएको पाइन्छ । किनकी यस्तो उनले सन् २०१४ मा पनि गरेका थिए । जब उनले टेस्टबाट सन्न्यास लिएसँगै विराट कोहलीले टेस्ट टोलीको कप्तानी गरे ।

त्यसपश्चात सन् २०१७ मा उनले चेन्नईको कप्तानीको जिम्मेवारी लिन ऋतुराज गायकवाडलाई पनि योग्य भएको पहिचान गरे । धोनीको अर्को एउटा बलियो पक्ष भनेको आफ्नो बसाईंलाई लम्ब्याउने प्रयास नगर्नु पनि हो । यदि उनलाई चेन्नईमा जोडिरहनुपर्ने जस्तो लाग्छ भने, यो उनको कर्तव्यबोधले भूमिका खेलेको बुझ्न सकिन्छ ।

त्यस्तै, धोनीलाई एउटा सहज जिम्मेवरी हस्तान्तरणले मात्र भन्दा पनि चेन्नई र चेन्नईका समर्थकसँगको गहिरो भावनात्मक सम्बन्धले पनि उनको बसाईं लम्बिएको बुझ्न सकिन्छ । सन् २०२१ मा जादुयी शैलीमा चेन्नईले उपाधि जितेपछि, चेन्नईका मालिक एन श्रीनिवासनले भनेका थिए, ‘धोनीबिना सीएसके हुन्न र सीएसकेबिना धोनी हुन्न ।’ श्रीनिवासन हाल सक्रिय रूपमा चेन्नईको संचालनमा सहभागी छैनन् । के धोनीले गायकवाड पूर्णरूपमा जिम्मेवारी बहन गर्ने भइनसक्दासम्म विदाइ नलिने सोचिरहेका छन् ?

फ्रेन्चाइज टोलीबाट छुटाउनै नमिल्ने एक मात्र खेलाडीका रूपमा रहेका छन्–धोनी । चेन्नईका समर्थकले धोनीबिनाको सीएसके सायद कल्पना पनि गर्न सक्दैँनन् । तर, धोनीकै समर्थकमा पनि अब यस समयको अन्त्य गरी नयाँ सुरुवातको आवश्यकता भएको अनुभुति महसुस भएको हुनुपर्दछ । वा के उनीहरू अझैँ आफ्नो प्रिय ‘थाला’को क्षमतामाथि विश्वास गर्छन् ?

यद्यपि, सबैजनाको मनमा बस्ने धोनीको मस्तिष्क भने निकै कमले बुझछन् । र,उनको सन्न्यासबारे जति नै प्रश्न उठे पनि यसको उत्तर दिने एक मात्र सक्षम व्यक्ति भनेका धोनी आफैँ हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved