सुनकोसी-मरिन डाइभर्सन निर्माणको सुस्त गति : ४ वर्षमा १० प्रतिशत मात्र काम (तस्वीरहरू)

नेपालभ्युज

सुनकोसी-मरिन डाइभर्सन निर्माणको सुस्त गति : ४ वर्षमा १० प्रतिशत मात्र काम (तस्वीरहरू)
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । सुनकोसी-मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको पाइएको छ ।

मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन गर्ने गरी अघि बढाइएको यो आयोजना शिलान्यास भएको चार वर्ष भइसक्दा निर्माण १० प्रतिशत पनि नाघेको छैन ।

गत महिना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्त गतिमा अघि बढेको आयोजना चाँडो सम्पन्न गर्नेगरी समाधान खोज्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

सन् २०२१ मा पहिलो ठेक्का लगाएर सुरुङ खन्ने काम सम्पन्न भए पनि हेडवक्र्स निर्माणको काम भने सुस्त गतिमा भइरहेको छ । सन् २०२७ मा हेडवक्र्स निर्माण सम्पन्न गर्नुपर्ने मिति तोकिएको छ ।

तस्वीरहरू :

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved