कोरियामा फेरि बढ्यो कोरोना, नेपाली श्रमिक तत्काल जान नपाउने

नेपालभ्युज

कोरियामा फेरि बढ्यो कोरोना, नेपाली श्रमिक तत्काल जान नपाउने

काठमाडौं। केहि दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ। पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै सिओलस्थित नेपाली दूतावासले जानकारी गराएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भइ रोकिएका श्रमिकहरूको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताए। उनले सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरूलाई तत्काल पठाउने व्यवस्था गर्ने विश्वास दिए।

रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकामा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved