टी ट्वान्टी आईमा ओमानमाथि नेपालको पहिलो जित, दीपेन्द्र नायक

नेपालभ्युज

टी ट्वान्टी आईमा ओमानमाथि नेपालको पहिलो जित, दीपेन्द्र नायक

काठमाडौं । चार देशीय टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। नेपालले ओमानमाथि ६ विकेटको जित निकालेको हो। नेपालको उत्कृष्ट बलिङका कारण घरेलु टिम ओमान पहिलो इनिङमा ६ विकेट गुमाउँदै १ सय ३५ रनमा समेटिएको थियो।

टी ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालले ओमानलाई पराजित गरेको यो पहिलो पटक हो। आईसीसीको टी ट्वान्टी मान्यता पाएपछि यसअघिको एक मात्र खेलमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

आज आयोजको अल अमिराद स्टेडियममा ओमानले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ओपनरद्वय आशिफ शेख र प्रदीप ऐरी सस्तैमा समेटिए। आशिफ १४ र प्रदीप ४ रनमा आउट हुँदा नेपालले २२ रनमा दुई विकेट गुमाइसकेको थियो।

यसपछि ज्ञानेन्द्र पनि १३ रनमा आउट हुँदा नेपालको इनिङ धरापमा परेको थियो। तर दीपेन्द्र सिंह ऐरीले सम्हालिएर ब्याटिङ गर्दै नेपालको इनिङलाई जोगाए। उनले चौथो विकेटका लागि आरिफ शेखसँग मिलेर ४४ रनको साझेदारी गरे। यही साझेदारीको मद्दतले अन्तिम तीन बल बाँकी छँदै चार विकेटको नोक्सानीमा जित हासिल गर्‍यो।

नेपाललाई जिताउन दीपेन्द्र सिंह ऐरीले सर्वाधिक रन बनाए। उनले ५३ बलमा ८ चौका र एक छक्काको मद्दतमा अविजित ७३ रन बनाए। उनलाई आरिफ शेखले २५ रनले साथ दिए।

यसअघि टस हारेर ओमानले ब्याटिङ गरेको थियो। नेपालको कसिलो बलिङसामु ओमानले १३५ रनको मध्यम योगफल तयार पारेको थियो। पूरै ओभर खेले पनि आक्रामक ब्याटिङ गर्न नसकेको ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ४३ रन र मोहम्मद नदीमले ३१ रन बनाएका थिए। अन्य कुनै ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन्।

नेपालका लागि फास्ट बल अभिनास बोहोराले चार ओभरमा मात्र २६ रन खर्चिएर तीन विकेट लिए। त्यस्तै कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले समान १/१ विकेट लिए।

नेपालले यो सिरिजको दोस्रो खेलमा भोलि यूएईसँग खेल्नेछ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved