टी–२० विश्वकप एसिया छनोट

च्याम्पियन बन्न सकेन नेपाल

नेपालभ्युज

च्याम्पियन बन्न सकेन नेपाल

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

बैङ्ककस्थित तर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको हो । यससँगै ग्लोबल क्वालिफायरमा पुगिसेकको नेपाल एसिया छनोटको उपविजेतामा सीमित हुँदा थाइल्यान्ड भने च्याम्पियन बनेको छ ।

थाइल्यान्डले दिएको १५९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनायो ।

नेपालका लागि कविता कुँवरले २४, राजमती ऐरीले २० र रुबिना क्षेत्रीले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

थाइल्यान्डका लागि ओनिचा कामचोम्फुले ४ विकेट लिइन् । थिपाचा पुथावाङ्गले ३ विकेट लिइन् ।

पहिले ब्याटिङ गरेको थाइल्यान्डले पूरै २० ओभर खेलेर २ विकेटको क्षतिमा १५८ रन बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved