प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा एक घण्टादेखि दुई नेताबीच छलफल चलिरहेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएको कारण सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा नगएका ओलीले समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा  देउवासँग कुराकानी गरिरहेका छन् ।

लामो समयदेखि नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्त हुन सकेको छैन । उनीहरूबीच उक्त विषयमा पनि कुराकानी हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved