बजेटको पूर्वसन्ध्यामा ईभीले भरियो सुक्खा बन्दरगाह (तस्वीरहरू)

नेपालभ्युज

बजेटको पूर्वसन्ध्यामा ईभीले भरियो सुक्खा बन्दरगाह (तस्वीरहरू)

काठमाडौं । चोभारस्थित सुक्खा बन्दरगाहमा सयौंको सङख्यामा विद्युतीय गाडी भन्सार जाँचपासका लागि आइपुगेका छन् ।

विभिन्न नाका हुँदै ल्याइएका यी गाडी बजेटको पूर्वसन्ध्यामा यहाँ आइपुगेका हुन् । यी गाडी खासगरी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन् ।

बजेटमार्फत अन्त:शुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन् ।

पछिल्लो महिना वैशाखमा मात्र करिब १९ सय विद्युतीय गाडी आयात भएको बताइएको छ । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् ।

अहिले सडकमा विद्युतीय गाडीको सङख्या उल्लेख्य रुपमा बढेको छ । सरकारले यस्ता गाडीमा भन्सार र अन्तःशुल्क कम गरेपछि ईभी बजार चलायमान बनेको हो । नयाँ गाडी किन्ने मात्र नभई गाडी अपग्रेड गर्ने वा फेर्ने ग्राहकको रोजाइमा पनि ईभी पर्न थालेको छ ।

बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरुले पनि धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभीमा खासगरी चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीहरुले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved