परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

नेपालभ्युज

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान
फाइल तस्वीर

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन्।

जापानको टोकियोमा बुधबारदेखि सुरु हुने ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्तता सम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी सोमबारराति त्यसतर्फ प्रस्थान गरेकी हुन्।

मन्त्री डा राणाले एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम छ। उक्त सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ।

ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक) र सुरक्षित मातृत्व सञ्जाल जस्ता संस्थामार्फत नेपाली महिलाहरूको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि क्रियाशील उनलाई सो कार्यक्रममा विशेष वक्ताको रूपमा आमन्त्रित गरिएको हो।

जापानमा रहँदा उनले महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। उनी आगामी शनिबार स्वदेश फर्किने तालिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved