काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्ट प्रणालीलाई समर्थन गर्न नसक्ने जवाफ फर्काएका छन् ।
गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बालेन अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले अनुपस्थित नहुनेलाई अबदेखि नबोलाउन भनेका थिए । त्यसप्रति लक्षित गर्दै बालेनले स्टाटस लेखेका हुन् ।
आफूले भ्रष्टाचार रोक्न खोज्दा सबै पार्टी भ्रष्टाचारी जोगाउन लागेकाले त्यस कार्यक्रममा उपस्थित हुनुको अर्थ नहुने जवाफ बालेनले दिएका हुन् । ‘माफ गर्नुहोला प्रधानमन्त्री ज्यू । म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ,’ बालेनको जवाफ छ ।

उनले थप लेखेका छन्,’ जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छुभन्दा देशका सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउछु भन्छ ? त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?,’
गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउनका लागि सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा बालेनलाई पनि बोलाइएको थियो । तर, उनी गएनन् ।
त्यसप्रति ओलीले आक्रोश व्यक्त गरेका थिए ।
बालेन बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्रीले भने – अर्को पटकदेखि नाम नराख्नू
Facebook Comment
Comment