बालेन बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्रीले भने – अर्को पटकदेखि नाम नराख्नू

नेपालभ्युज

बालेन बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्रीले भने – अर्को पटकदेखि नाम नराख्नू

काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि बोलाइएको बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले अर्को बैठकमा नबोलाउनसमेत सम्बन्धित पक्षलाई निर्देशन दिए ।

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउनका लागि सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा बालेनलाई पनि बोलाइएको थियो । तर, उनी गएनन् ।

त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले भने, “कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने ।”

सरकारले आयोजना गरेका कार्यक्रममा सधैं नाम राखेर बोलाइरहने, तर नआउने गरेको भन्दै उनीहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न ओलीले निर्देशन दिए ।

उनले भने, “अर्कोपल्टसम्म सोधिखोजी गर्नुहोला । हेर्नुहोला रेकर्डमा को-को एकपल्ट पनि आउँदैन । रेकर्ड हेरेर आउने हो कि होइन सोधेर, आउन नसक्ने भए नाम नराख्नू ।”

अर्थ र महत्त्व नै नबुझ्नेहरूको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको ओलीको भनाइ छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन, सदस्यमा बालेन पनि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved