प्रतिनिधिसभाबाट पारित भयो जलस्रोत विधेयक

नेपालभ्युज

प्रतिनिधिसभाबाट पारित भयो जलस्रोत विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित भएको छ । सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भयो ।

त्यसअघि बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल भएको थियो । छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले जलको सदूपयोग र संरक्षण गर्नका लागि आवश्यक कानुनी व्यवस्था तर्जुमा गर्न सरकारले विधेयक ल्याएको बताए । उनले जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण एवम् व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँटमा विधेयक महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

विधेयकमा बाँध वा जलाशयको निर्माण गरी आयोजनाको विकास गर्दा त्यस्तो बाँध वा जलाशयबाट माथिल्लो र तल्लो तटीय क्षेत्रले प्राप्त गर्ने लाभ र जोखिमको विश्लेषण गरी तोकिएबमोजिम लाभको गणना र बाँडफाँट गर्नुपर्ने, जलस्रोतको एकीकृत एवं दिगो विकास, उपयोग, संरक्षण र व्यवस्थापनका लागि आयोगको स्थापना गर्ने व्यवस्था छ । सरकारले २०८१ जेठ ३१ गते संसदमा जलस्रोत विधेयक दर्ता गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved