काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलका दर्शकका लागि चौथो फाइनलिसिमा (द फाइनल)को प्रतीक्षा लम्बिएको छ ।
युरोकप र कोपा अमेरिका विजेताबीच हुन लागेको यस खेल निर्धारित समयमा नहुने निश्चित भएको छ ।
यसअघि कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोकप विजेता स्पेनबीच यसै वर्ष (सन् २०२५)को जुन–जुलाईतिर गर्ने भनिएको
युरोपियन फुटबलको संस्था यूईएफले हालै विज्ञप्ति जारी गर्दै फाइनलिसिमा यस वर्ष नहुने जनाएको हो ।
‘फाइनलिसिमा आगामी वर्षमा हुन्छ । तर हालसम्म मिति तय भएको छैन । मार्चमा हुने सम्भावना प्रबल छ,’ विज्ञप्तिमा भनिएको छ ।
अर्जेन्टिना र स्पेनले चौथो संस्करणको फाइनलिसिमा खेल्न लागका हुन् । पहिलो फाइनलिसिमा सन् १९८५ मा फ्रान्समा भएको थियो । सो खेलमा फ्रान्सले उरुग्वेलाई २–० गोलअन्तरले हराएको थियो ।
यस्तै सन् १९९३ मा डिएगो म्याराडोना नेतृत्वको अर्जेन्टिनाले डेनमार्कललाई पेनाल्टी सुटआउटमा ५–४ ले हराएर पहिलो उपाधि जितेको थियो । यसअघि यी दुईबीचको खेल १–१ को बराबरीमा सकिएको थियो ।
पछिल्लो फाइनलिसिमा लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाले इटालीलाई ३–० गोलअन्तरले हराएर दोस्रो उपाधि जितेको थियो ।
अर्जेन्टिना विश्वविजेता पनि हो । स्पेन पछिल्लो समय लयमा रहेको युरोपियन टोली हो । अर्जेन्टिना र स्पेनको खेल्नेशैली थाेरबहुत मिल्छ । यसर्थ यी दुई टोलीबीचको भिडन्त हेर्न दर्शक दुई वर्षदेखि व्यग्र प्रतीक्षामा छन् । यस खेललाई लिएर सामाजिक सञ्जालमा झण्डै दुई वर्षयता बहस जारी छ ।
Facebook Comment
Comment