नेपाललाई साउदीको २५ टन खजुर उपहार

नेपालभ्युज

नेपाललाई साउदीको २५ टन खजुर उपहार

काठमाडौं । साउदी अरेबियाले नेपाललाई उपहारस्वरूप २५ टन साउदी खजुर दिएको छ ।

नेपालमा किङ्ग सलमान मानवीय सहायता तथा राहत केन्द्रको पहिलो कार्यक्रमको उ‌द्घाटन गर्दै सोमबार नेपालका लागि साउदी राजदूत साद नासेर अबु हैमदले उक्त खजुर उपहार दिएका हुन् ।

उक्त खजुर नेपालको विभिन्न निकाय, सरकारी विद्यालय, विश्वविद्यालय, अनाथालय आदि गरी कुल १२–१५ श्रेणीमा विभाजन गरेर वितरण गरिने गृह मन्त्रालयका उपसचिव छविलाल पौडेलले जानकारी दिए ।

यस अवसरमा राजदूतलेनेपाललगायत विश्वका विभिन्न देश र जनतालाई प्रदान गर्ने राहत र सहयोगका लागि दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुल अजीज र युवराज तथा प्रधानमन्त्री राजकुमार मोहम्मद बिन सलमानलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त सहयोगले धेरै मानिसको पीडा कम गर्न परोपकारी र मानवीय कार्यमा आफ्नो अग्रगामी भूमिकालाई मूर्तरूप दिने साउदीको विश्वास छ ।

उद्घाटन समारोहमा विभिन्न परोपकारी संस्थाका प्रमुख तथा विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सन् १९९७ को मार्च १५ गते नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

तस्वीर – सरोज बस्नेत/नेपालभ्यूज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved