संसद्‌मा गृहमन्त्री लेखकले भने– तीनकुने हिंसात्मक घटनालाई धर्मसँग जोड्न मिल्दैन

नेपालभ्युज

संसद्‌मा गृहमन्त्री लेखकले भने– तीनकुने हिंसात्मक घटनालाई धर्मसँग जोड्न मिल्दैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसा, अपराध कर्म भएकाले कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री लेखकले हिंसालाई धर्मसँग जोड्न नसकिने भन्दै तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधानविपरती रहेको समेत बताए ।

उक्त घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजन भइरहेको उनले जानकारी दिए । उहाले आपराधिक कार्यमा संलग्न जोसुकै भए पनि कानुनी दायरमा ल्याइने बताए । मन्त्री लेखकले त्यस्ता खालका अपराधजन्य घटना हुन नदिन सरकार सचेत र सतर्क रहेको उल्लेख गरे । उनले तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्नेमा सरकार प्रष्ट रहेको जिकिर गरे ।

त्यस्तै गृहमन्त्री लेखकले उक्त घटनाका घाइतेको सरकारले निःशुल्क उपचार गरिरहेको र हाल दुई जनाको उपचार जारी रहेको बताए । गृहमन्त्री लेखकलाई सांसदहरू प्रेम सुवाल, निशा डाँगी र सोविता गौतमले प्रश्न गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved