पाँचपोखरीका ज्येष्ठ नागरिकलाई कम्बल वितरण

नेपालभ्युज

पाँचपोखरीका ज्येष्ठ नागरिकलाई कम्बल वितरण

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्च कम्बल वितरण गर्न थालिएको छ। गाउँपालिका–१ देखि ८ वटै वडाका ८५ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई कम्बल उपलब्ध गराउन लागिएको हो।

गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले यहाँ आयोजित कार्यक्रममा वडा नं १ र २ का ज्येष्ठ नागरिकलाई कम्बल हस्तारण गर्नुभयो। उहाँले ज्येष्ठ नागरिकलाई लक्ष गरी विशेष प्याकेज कार्यक्रम लागू गरिएको र अब पाँचपोखरीका कुनैपनि ज्येष्ठ नागरिकले स्वास्थ्यलगायत अन्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था नआउने बताए।

त्यसैगरी गाउँपालिकामा रहेका अपाङ्ग व्यक्तिका लागि ह्विल चियर र वैशाखी (टेक्ने लठ्ठी)समेत वितरण गरिएको उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved