रवि लामिछानेको रिट फेरि पनि हेर्न नमिल्नेमा

नेपालभ्युज

रवि लामिछानेको रिट फेरि पनि हेर्न नमिल्नेमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि ‘हेर्न नमिल्ने’मा परेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा रविको मुद्दाको पेसी तोकिएको थियो । हेर्न नमिल्नुको कारण भने खुलिसकेको छैन ।

यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले रेकर्डअनुसार हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो ।

त्यहीअनुसार आज प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।

वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved