काठमाडौं । गाजामा जमिनी कारबाही थालेको इजरायलले केही मात्रामा खाद्यन्न बोकेका गाडी मात्र गाजा प्रवेश पाउने जनाएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले एक स्टेटमेन्ट जारी गर्दै १० हप्ताको नाकाबन्दीमा भोकमरी नफैलियोस् भन्नका लागि केही मात्रामा खाद्यन्न बोकेका ट्रकहरू जान दिने बताएको हो ।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) को सिफारिसमा खाद्यन्न आपूर्तिबारे यो निर्णय गरिएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि इजरायली सेनाले गाजामा व्यापाक जमिनी कारबाही गरिएको घोषणा गरेको थियो ।
इजरायलले नाकाबन्दीका क्रममा गाजामा खाद्यन्न, इन्धन र औषधिको आपूर्तिसमेत बन्द गरिदिएको छ । अन्तर्राष्ट्रिय समूदायबाट सो नाकाबन्दी हटाउन इजरायलमाथि दबाब बढिरहेको छ । कैयौँ सहायता एजेन्सीहरूले २१ लाख मानिसहरू भोकमरीको चपेटामा पर्न सक्ने चेतावनी दिएका छन् ।
Facebook Comment
Comment