एसिया छनोट सुपर थ्री:

यूएईले दियो नेपाललाई ११५ रनको लक्ष्य, मनिषालाई ४ विकेट

नेपालभ्युज

यूएईले दियो नेपाललाई ११५ रनको लक्ष्य, मनिषालाई ४ विकेट

काठमाडौं । आइसीसी महिला टी २० विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

थाईल्याण्डको बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा जारी सुपर थ्रीको खेलमा यूएईले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ११४ रन बनाएको हो ।

यूएईका लागि इशा ओझाले ३९ रन र तीर्था शतिशले २१ रन बनाए ।

नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन् । उनले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो । आजको खेलमा नेपालले जित हासिल गरेमा ग्लोबल छनोटमा स्थान सुरक्षित हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved