साढे दुई दशकपछि नक्साल हिटीमा पानी (तस्वीरहरू)

नेपालभ्युज

साढे दुई दशकपछि नक्साल हिटीमा पानी (तस्वीरहरू)

काठमाडौं । नक्सालस्थित ढुंगे धारा (हिटी)मा साढे दुई दशकपछि पानीको प्रवाह फर्किएको छ । अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ ।

हाल उक्त हिटीमा निरन्तर रुपमा पानी प्रवाह भइरहेको छ । काठमाडौं महानगरपालिकाको सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ । हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको हो ।

उक्त हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको स्थानीयले बताएका छन् । साथै, पुरातत्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको छ ।

उक्त हिटीको निकास नारायणहिटी संग्रहालयभित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ । करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो । त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ ।

हाल उक्त हिटीमा निरन्तर रुपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ । हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको महानगरले जनाएको छ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved