काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराष्ट्रमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्ने दण्डित हुनुपर्छ भन्दै आवाज उठाउनेलाई सरकारले प्रताणित गरेको आरोप लगाए ।
‘आस्थाकै आधारमा एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस्– तिमीहरू विद्रोहमा जाओ,’ उनले भने, ‘राप्रपालगायत हिन्दुराज्य, राजसंस्था मान्छु, संघीयता मान्दिन, देशमा सुशासन हुनुपर्छ, भष्ट्राचार गर्नेलाई दण्डित हुनुपर्छ भन्नेहरू यसरी प्रताणित हुनुपर्छ भने विद्रोहमा जान्छौं । सरकारले पनि विद्रोहमा जाऔँ, जङगल पस भन्नुपरो ।
उनले सरकारले निरन्तरण संविधान उल्लंघन गरेको भन्दै राजसंस्था, हिन्दुराष्ट्र मान्छु भन्दा अपमानपूर्वक प्रहरीखोरमा राखिएकोमा आपति जनाए ।
‘यो अत्यन्तै दःुखद् र मानवअधिकारविरोधी र अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरुद्ध सरकारको तर्फबाट भएको क्रियाकलाप हो । यसको घोर भत्र्सना गर्दछु,’ उनले भने ।
Facebook Comment
Comment